पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेट्रोल-डिजेलको मूल्य घट्यो

image

 काठमाडौं, असार ३ ।। मुल्य बृद्धि पछि चर्को दबावमा परेको सरकारले आईतबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आईतबार बसेको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस अघि पेट्रोल लिटरको ११३ रुपैयाँ थियो ।

त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।

ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेलको मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले समेत त्यसको विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरशन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो ।  खरिद सामान्य मूल्य बढ्दा पनि आन्तरिक बजारमा भाउ बढाइहाल्ने सरकारले मूल्य घटदा भने अधिक नाफा राखेर तेल बेच्ने गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।