पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रेसलाई अकुंश लगाउने कुरा शैय्य हुदैन : महासंघ अध्यक्ष लुईटेल

image

कार्यक्रममा बोल्दै अध्यक्ष लुईटेल ।

बिर्तामोड, असार १ ।।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष बिक्रम  लुईटेलले सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुण्डीत हुने गरी कानून ल्याउन खोजे त्यस्तो कुरा शैय्य नहुने बताएका छन । नारी सञ्चार गृहको आयोजनामा भएको खोज पत्रकारीता तथा सम्पादन सम्बन्धी ७ दिवशीय तालिमको समापन समारोहमा बोल्दै महासंघ अध्यक्ष लुईटेलले प्रदेश सरकारले सञ्चार गृहको दर्ता खारेजी गर्न सक्ने गरी कानून मौस्यौदा गरेकोले त्यसको खुलेर बिरोध गर्ने बताएका छन ।


१ नम्बर प्रदेश सरकारले ल्याउन लागेको सञ्चार सम्बन्धी नितीमा दर्ता खारेजी समेत गर्न सकिने गरी कानून ल्याउन लागेकोले त्यसका बिरुद्धा पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएर नै ध्यानाकर्षण गराउने अध्यक्ष लुईटेलले जानकारी दिए ।


नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बीका भण्डारीको सभापत्विमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराले सञ्चार संस्थाहरुमा महिलाको पहुँच बिस्तार गर्न यस्ता तालिमले सहयोगी भुमिका खेल्ने बताईन । उपप्रमुख महतराले स्थानीय सरकारको तर्फबाट सञ्चारकर्मी र सञ्चार संस्थाहरुलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाईन ।


मेचीनगर र विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा २० जनाको सहभागिता रहेको थियो ।
गत जेठ २६ गतेदेखि सुरु भएको तालिममा प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक रुपमा समाचार खोज्न र लेख्न समेत सिकाइएको थियो ।
तालिमको सहजीकरण खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले गरेका थिए ।


संस्थाकी उपाध्यक्ष भिमा शिवाकोटीले स्वागत मन्तव्य  गरेको कार्यक्रमको सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिईन ।

 

थप सामाग्री