पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाल श्रम मुक्त नगर स्थापनाका लागि हस्ताक्षर संकलन

image

मेचीनगर, जेठ २९ ।
बाल श्रम मुक्त नगर स्थापना गर्नका लागि दबाव स्वरुप एमनेष्टी इन्टरनेसनल समुह–२२ धुलाबारी र धुलाबारी युथ नेटवर्कले हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेका छन । अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवसको अवसरमा आज मेचीनगरका ५ वटा सामुदायिक विद्यालयमा हस्ताक्षर संकलन गरिएको युथ नेटवर्कका संयोजक विशाल काफ्लेले जानकारी दिनुभयो ।

नगर क्षेत्रका शहिद दशरथ चन्द मावि, बलभद्र जनता मावि, बाल सुवोधिनी आधारभुत विद्यालय, धुलाबारी मावि, र आदर्श माविका कक्षा ८,९ र १० मा अध्ययनरत ७ सय विद्यार्थीहरुको हस्ताक्षर संकलन गरिएको छ । सो हस्ताक्षर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई हस्तान्तरण गरिने युथ नेटवर्ककी सह–संयोजक आश्मा पौडेलले जानकारी दिनुभयो । हस्ताक्षर संकलन अभियानमा युथ नेटवर्कका संयोजक काफ्ले, सह–संयोजक पौडेल, समुह २२ का सदस्य तारा न्यौपाने, विष्णु कुमार निरौला लगायतको सहभागिता थियो ।