पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपप्रमुखले खुवाईन कुष्टरोगको औषधी

image

कुष्टरोगीलाई औषधी दिंदै उपप्रमुख मिना उप्रेती ।

मेचीनगर, जेठ २९ ।।
कुष्टरोगी खोजी अभियानका क्रममा मेचीनगर नगरपालिका कार्यालय छेउमा एक जना रोगी फेला परे पछि रोगीको घरदेखी एक सय मिटर वरिपरिका स्थानीयहरुलाई औषधी खुवाउन शुरु गरिएको छ ।
मेचीनगर उपप्रमुख मिना उप्रेतीले कुष्टरोगीलाई औषधी खुवाएर मंगलबार औषधी खुवाउने कार्यक्रमको शुरुवात गरेकी थिइन ।
जेठ २३ गतेदखी २६ गतेसम्म ४ दिन स्वास्थ्य स्वयम सेवकहरुले घरदैलो कार्यक्रम मार्फत शंखास्पद रुपमा पहिचान गरेका मध्ये मेचीनगर वडा ७, १४ र १५ मा ४ जना कुष्टरोगी भेटीए पछि औषधी खुवाउने अभियान सञ्चालन गरिएको मेचीनगरका स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिईन ।
पहिलो दिन नै मेचीनगर–७ र १४ मा ५० जना भन्दा बढीलाई कुष्टरोगको औषधी खुवाईएको संयोजक राईले बताईन । राईका अनुसार रोगीले एक बर्षसम्म नछुटाई औषधी सेवन गर्दा कुष्टरोग पुर्णरुपमा निको हुने र रोगीको एकसय मिटर वरिपरिका छिमेकीहरुले रोकथामका लागि एक खुराक मात्र औषधी सेवन गर्नु पर्ने छ ।
साबिक बाहुनडाँगी गाबिसमा स्वयम सेवकले घरदैलो कार्यक्रम गर्दा २ जना शंखास्पद रोगी फेला परेको भए पनि बिषेशज्ञ टोलीले यकिन गर्न बाँकी रहेको नगर स्वास्थ्य शाखा संयोजक राईले बताईन ।

 

थप सामाग्री