पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाकी सरिता बनिन प्रमुख सचेतक

image

काँग्रेस प्रमुख सचेतक प्रसाई ।

झापा ।।
नेपाली काँग्रेसले झापाकी सरिता प्रसाईलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनित गरेको छ ।  
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य प्रसाईलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन ।
नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकका रुपमा सरिता प्रसाईलाई मनोनित गरेको छ ।


कांग्रेस सभापति शेरबहादुर देउवाले प्रसाईलाई पार्टीको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा मंगलबार मनोनयन गरेको कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
प्रमुख सचेतकमा मनोनित भए पछि झापा टाईम्ससंग कुराकानी गर्दै प्रसाईले संसदको गरिमा राख्दै राष्ट्रिय सभामा नेपाली काँग्रेसको भुमिकालाई शसक्त बनाउने बताईन ।


झापा बुधबारे घर भएकी प्रसाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन भने संविधान सभाकी सदस्य समेत थिईन ।
बिद्यार्थीबाट राजनिति शुरु गरेकी प्रसाई २०४९ सालमा नेपाल बिद्यार्थी संघको केन्द्रीय सदस्य हुनुु भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत रहेकी प्रसाई काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल महिला संघको समेत पुर्व केन्द्रीय सदस्य हुन ।

 

थप सामाग्री