पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिहे नगरी आमा बन्न पाईने बाटो खुला गर्दै सरकार

image

काठमाडौं । नेपालमा पनि बिहे नगरी आमा बन्ने कानुनी मान्यता स्थापित हुने क्रममा रहेको छ । जसलाई चलनचल्तीको भाषामा ‘कुमारी आमा’ पनि भन्ने गरिन्छ । नयाँ शव्दमा ‘सेरोगेसी मदर’को चर्चा पनि मानिन्छ ।

यौन तथा प्रजनन् अधिकारका पक्षमा स्वास्थ्य मन्त्रालयले यस्तो कानुनको तयारी गरिरहेको छ । जसलाई संसदमा प्रस्तुत गरी पारित गरिनेछ ।

युरोप, अमेरिकालगायतका पश्चिमा मुलुकमा ‘आफ्नो शरीर, आफ्नो अधिकार’ भन्ने मान्यताअनुसार कानुनी रूपमा नै बिहे नगरी बच्चा जन्माउने चलन नेपालमा पनि भित्रिन लागेको हो ।

अहिले बच्चा जन्माउनका लागि बिहे गर्नुपर्ने कानुनी मान्यता छ । बिहेबिनाको बच्चालाई सरकारले वैध मानेको छैन भने त्यस्ता बच्चाको हकमा आमाको नामबाट नागरिकता बनाउन परे पनि बाबुको नाम अनिवार्य राख्ने गरिएको छ ।

संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदाले कुमारी आमा बन्ने अधिकारलाई उठाएको छ । यो विधेयक नेपाल कानुन आयोगमा अन्तिम चरणमा सम्पादनका क्रममा रहेको छ ।

मौलिक हकमा महिलाको प्रजनन गर्ने अधिकारलाई सुरक्षित गरिएका अनुसार त्यसअनुसारको कानुन सरकारले बनाइरहेको आयोगका अध्यक्ष माधव पौडेलले बताएका छन् ।

यो कानुनले प्रत्येक महिलाको गर्भवती हुने अधिकार उसैमा नीहित गरिदिनेछ । यसका लागि बिहे वा वैवाहिक सम्बन्धको खाँचो हुनेछैन ।

महिलालाई कति बेला बिहे गराउने र कति बेला बच्चा जन्माउन लगाउने भनेर प्रत्यक्ष÷अप्रत्यक्ष दबाब दिँदै आएको हाम्रो पितृसत्तामा यो एक ठूलो प्रगति भएको अधिकारकर्मीहरूले दाबी गरेका छन् । तर यो कानुनको मान्यतालाई सामाजमा जानकारी गराउन भने चुनौति हुने देखिन्छ ।

नेपालले यो कानुन पारित गरेको खण्डमा दक्षिण एसीयामै उदार नीति भएको मुलुक ठहर्नेछ । यसलाई महिला अधिकारमा थप इटा जोड्ने कडीका रुपमा पनि हेरिएको छ ।

थप सामाग्री