पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य २३ दिनमा दोस्रो पटक बढाएको छ । निगमले आजदेखी लागु हुने गरि पेट्रोलियमको मुल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य दुई रुपैयाँले बढाएको थियो ।