पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिया कति बेला पिउनु हुँदैन ?

image

चिया पिउने लत भएका मानिसहरुले कुन समयमा चिया पिउनु पर्छ भनेर जान्नु अत्यन्तै जरुरी हुन्छ । गलत समयमा चिया पिउँनाले स्वास्थ्यमा असर पर्ने भएकाले यी चार समयमा भूलेर पनि चिया नपिँनुहोस ।

१) बेड टीः यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा बढाउँदैन, मुखको    स्वास्थ्यलाई पनि प्रभावित गर्छ, साथै यो शरीरुमा टोक्सिनको मात्रा पनि बढाउँछ ।

२) खानापछि चियाः खाना खाएपछि चिया पिउँनाले चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ, जसले गर्दा प्रोटीन र आइरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन । जो व्यक्ति आइरनको कमिबाट जुधिरहेका छन्, उनहरुले खानापछि चिया पटक्कै पिउनुहुन्न ।

३) सुत्नअघि चियाः चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

४) आइरन र क्याल्सियमसँग चियाः यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आइरन र प्रोटिनलाई सोस्छ ।
साभार : न्युजालय

 

थप सामाग्री