पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काकरभिट्टामा नाटक घर सञ्चालनमा

image

बैशाख ३, काकरभिट्टा ।।
लामो समयदेखी नाटक प्रस्तुत गर्दै आएको काकरभिट्टा स्थीत परिवर्तन थिएटरले आफ्नै नाटक घर तयार पारेको छ । काकरभिट्टा सामुदायिक भवनको दोस्रो तल्लामा सञ्चालन गरेको नाटक घरको सोमबार एक कार्यक्रमका बिच प्रदेश सांसद श्रीप्रसाद मैनालीले उद्घाटन गर्नु भयो ।


नगरपालिकासंगको समन्वयमा सामुदायिक भवन निर्माण समितिले परिवर्तन थिएटरको कामको प्रंशसा गर्दै थिएटरले आफ्नै स्वामित्वमा नाटक घर निर्माण नगरुञ्जेलको समयका लागि सामुदायिक भवनमा नाटक घर सञ्चालन गर्न दिईएको भवन निर्माण समितिका अध्यक्ष समेत रहनु भएका प्रदेश सांसद मैनालीले बताउनु भयो ।
थिएटरकी अध्यक्ष कविता पोर्तेलको अध्यक्षतामा सम्पन्न नाटक घर उद्घाटन कार्यक्रममा झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाई, रिडर्स झापाका सदस्य सागर शिवाकोटी लगायतले समाज रुपमान्तरणका निम्ति परिवर्तन थिएटर नाटक सार्थक हुने बताउनु भयो ।


थिएटरकी उपाध्यक्ष लिला बिष्टले स्वागत गरेको कार्यक्रम बिमला चिमरियाले सञ्चालन गर्नु भएको थियो ।
नाटक घर उद्घाटन कै अवसरमा सुनामी नाटक मञ्चन समेत गरिएको थियो । कविता पोर्तेलको लेखन तथा निर्देशन रहेको उक्त नाटक एकल प्रस्तुतीमा मञ्चन गरिएको थियो । नाटक सुनामीमा कलाकार शुस्मा पोखरेलले अभिनय गर्नु भएको थियो । बैदेशिक रोजगारीका कारण नेपाली समाजमा महिलाहरुले भोग्नु पर्ने मानसिक र शारिरीक पिडाको बिषय बस्तुलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको नाटक दर्शकले निक्कै रुचाएका थिए ।