पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आईपीएल क्रिकेटमाचेन्नई पञ्जावसँग पराजित

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलेभेन पञ्जावले चेन्नई सुपर किंग्सलाई ४ रनले हराएको छ । गएरातिको खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १ सय ९३ रनमा समेट्दै पञ्जाव विजयी भएको हो ।मोहालीमा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको पञ्जावले क्रिस गेलको ६३ रनको मद्दतमा १ सय ९७ रन बनाएको थियो । तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन औषतका आधारमा चेन्नई तेश्रो स्थानमा छ । आज दिल्ली डेयर डेभिल्स र कोलकत्ता नाईट राइडर्स बीच खेल हुनेछ ।

 

 

थप सामाग्री