पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज ५ जिल्लामा मात्र सिरुवाको बिदा

झापा, बैशाख २ ।।
पुर्वी तराईमा बिषेश रुपमा मनाउने सिरुवा पर्वका लागि सरकारले आज झापा सहित ५ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
तराई राजबंशी, गनगाई लगायतका समुदायको मुख्य पर्वको रुपमा रहेको सिरुवाका लागि झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्ला आज सार्वजनिक बिदा दिने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले चैत ३० गते सुचना जारी गरी सिरुवा पर्व मनाउने जिल्लाहरुमा बिदा दिने भन्दै ५ वटा जि ल्लामा बिदा दिने निर्णय भएको जनाएको छ ।