पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाम गठबन्धनका केन्द्रीय नेताहरु झापा आउँदै

image

बिर्तामोड ।

दुई ठूला कम्युनिष्ट पार्टीबीच हुन लागेको एकताको पुर्व सन्ध्यामा बाम गठबन्धनका केन्द्रीय नेताहरु झापामा आएर छलफल गर्ने भएका छन । झापाको बिर्तामोडमा हुने अबको समाजबाद भन्ने अन्तरक्रियात्मक छलफलमा एमाले र माओबादी केन्द्रका केन्दीय नेताहरु सहभागि हुने भएका छन ।

शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकको आयोजनामा बैशाख २ गते ‘अबको समाजवाद’ विषयक गोष्ठी आयोजना गरिएको प्रतिष्ठानका सचिव गगन पुरीले जानकारी दिनु भयो । पुरीका अनुसार कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा कार्यव्रmम गरिनेछ ।

कार्यव्रmमलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ, राम कार्की र एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्ने प्रतिष्ठानका अध्यक्ष झलकसिंह दर्लामीले बताउनु भयो ।

बिर्तामोडको आदर्श व्याङ्केटमा हुने गोष्ठीमा पार्टी एकता र आगामी नीतिका बारेमा गम्भीर बहस गरिने दर्लामीले बताउनु भयो ।

दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते एकता गर्ने भनिएको छ । त्यही अनुसार दुवै पार्टीका शीर्ष नेताहरु यतिखेर छलफलमा व्यस्त रहेका छन् ।