पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेप होइन, समय नै रहेन

राजेन्द्र गौतम

image

‘तैले जस्तो खाएको भए म विरामी हुने थिइनँ’ लक्ष्मणले मलाई एक दिन त्यसै भने । उ विरामी थियो । म जे पायो त्यही खाइ दिने मान्छे । मैले १९ सम्म खाएपछि उसले मलाई सम्झाउने कोसिस ग¥यो । मैले भने,‘ म एक खान्न ।’ १९ मा १ थपे मान्छे मर्छ । म खाएर बाँचें, उ नखाएर म¥यो । उसँग विष रहेछ, मसँग १९ मात्र ।
धेरै सम्झायो । एउटा स्वभाव हक्की छ र निडरता तँसँग छ, त्यो तँ हो । यसलाई जोगाउन तैले खानै हुँदैन । तेरो प्रखरता र जिरहपन रिस उठ्ने र लोभ लाग्दो दुबै छ । मलाई सहयोग गर अरुको मुख हेर या नहेर तलाई म त्यो ठाँउमा पु¥याउँछु । मलाई त्यही भनेर सम्झाएको थियो, कुनै दिन । यो प्रसंग म यहाँभन्दा बढी खोल्दिन किनकि, उ नै रहेन । मैले उसलाई हातै हालेर धकेली दिए । उ रिसाएन, मैले बेस्कन गाली गरँे । झन हाँस्यो र मोटरसाइकलमा बसायो यात्रा भर उ बोल्दै बोलेन । मैले सोधे दाई रिसाउनु भयो १ एकैछिनमा कुरा गराँैला । उसले गन्तव्यमा पु¥यायो र भन्यो ‘खेप गको हो,समय छ । ’अर्को पटक तलाइ म यही ठाउँमा पु¥याउँछु । मेरो निर्णय होइन, तर तैले मान्नु पर्छ र साथीहरुलाई सम्झा । उसले जुस खायो, मैले सबै पिइदिएँ ।


घरसम्म छोडेपछि उ फर्कियो । त्यो अतित थियो तर उ अब कहिले फर्कने छैन । वर्तमानको यो कथा अब कालान्तरसम्म मैले याद गर्ने एउटा विषय हुन सक्छ । तर, उ मलाई गाली गरेर पनि प्रिय थियो । हामी एउटा ‘ड्रिम प्रोजेक्ट’मा थियौँ । उसले पनि कसैलाई भनेन, मैले पनि मलाईदेखि बाहेक कसैलाई सुनाइन । अब खोल्नै पर्छ । किनकि ,अब त्यो कहिल्यै कहिल्यै पूरा हुँदैन । मैले भने दाई पत्रिका चलाउन गा¥हो भयो । कसरी चलाउने ? उसले मलाई सम्झायो । ‘म विरामी छु । एक वर्ष पछि निको हुन्छ । म मेरै जग्गामा घर बनाउँछु अनि अफिस साराँैला । तँ एक वर्ष पत्रिका थाम ।’ उसको योजना भद्रपुररोडको बिजुली अफिस अघि ‘विल्डिङ’ बनाउने थियो । जहाँ उसको जग्गा छ । भुई तलामा पत्रिकाको कार्यालय राख्ने र अरु व्यापार चलाउने । उसको योजना निक्कै लोभ लाग्दो थियो । तैले पनि कमाइनस, मेरो भएको सम्पति थोरै सदुपयोग ग¥यो भने मलाई मात्र होइन तँलाइ पनि हुन्छ । उसले मसँग राखेको यो प्रस्ताव अब सधैँका लागि थाती छ ।


उ जीवित रहँदा जे भन्थ्यो नहुँदा एउटा कसम गरेर मैले उसँग भएकोदेखि बाहेक सबै छाड्नै पर्छ । मैले १९ खाएँ । तर, उसँग भएकै विषले उसले मलाई छाड्यो । होला अरुलाई पनि छोडेको तर त्यो उनीहरुको कुरा हो । सबैलाई थाहा छ, लक्ष्मण अब रहेनन् । तर, उसले मलाई फेरि पनि सम्झाएको छ । तँ जस्तो खाएको भए म विरामी हुने थिइन । नखानेहरु हामीलाई छोड्छन् र दुखाउँछन् । तर, खानेहरु खाएर अरुलाई दुखाउँछन् । यति फरक थियो–लक्ष्मण र ममा । तर, एउटा सुन्दर बाटो उसले मलाई बनाउन बारम्बार भन्यो । उ कहिल्यै नर्फकने बाटोमा हिड्न पुग्यो । मैले त्यो सुन्दर बाटो बनाएको पनि छैन । धेरै पटक राजनीतिक गफ भए । पार्टीको जिल्ला सहसचिव भएको बेला उसले मलाइ भन्यो । मलाई सहयोग गर अनि चलाउन सक्छु । भित्रैबाट उसले मलाई भन्थ्यो मेरो काम ठिक छ ? म बारम्बार भन्थे दाई भाषण नै भएन । अनि उसले मलाई भन्थ्यो सिकान त । मैले उसकै भाषण २ चोटी लेखिदिएको छु । तर, उसले त्यो खोल्दा पनि खोलेन । म मेरै कुरा राख्छु । तर आज राम्रो गर्छु । उसले सधँै सधैँ त्यसै भन्थ्यो ।


उ पार्टीको सहसचिव हुँदा घेराबारीमा पार्टीकै आन्तरिक अधिवेशन हुन सकेन । उसले मलाई फोन ग¥यो । तैले गएर चुनाव गरा । मैले भने पार्टीको अनुमति देउ र निर्णय गर म चुनाव गराएर आउछु । पार्टी सभापति उद्धव थापाले अघिल्लो दिन साँझ फोन गरेर भन्नुभयो ।‘नेत्र जी सँग गएर भोलि अधिवेशन गराएरु आउनु ,मलाई विश्वास छ तिमी गयौँ भने सहजतापूर्वक नेतृत्व छानिन्छ ।’ शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल थोरै बोल्ने र कोहीसँग प्रतिवाद नगर्ने मानिस हो । मेरो मानेमा उनी निक्कै काविल छन्, तर बोल्दैनन् ।


हामी गर्यौं, केहीले प्रतिवाद गर्न खाजे । मैले बाँस काटेर घेराबारा गर्न लगाए पछि घेराबारीमा चुनाव भयो । पहिला बोल्नेहरु कामै लगाए पछि गले । प्रतिक्रियासम्म जनाएनन् । निर्वाचन स्वच्छ भयो । सबैले भने यसरी गरेको भए अस्ति नै चुनाव हुने रहेछ । यो लक्ष्मणले दिएको एउटा जिम्मेवारी पूरा गरेको स्मरण मात्र हो ।
स्थानीय तहको निर्वाचन हुने भएपछि बिर्तामोडमा मेयरको टिकट जलकुमार गुरुङले पाए । उपमेयरमा पार्वता गिरीले प्रतिस्पर्धा गर्ने भएपछि फेरि लक्ष्मणले मलाई फोन गर्यो । अनि भन्यो,‘ म अलि विरामी छु, तँ प्रचारप्रसार समितिको सहसंयोजक बस ।’ लक्ष्मणको त्यो आग्रह भित्र एउटा विश्वास र अर्को जिम्मेवारी थियो । हामीले काम ग¥यौँ । उ केही नखाई खट्थ्यो । मलाई चुनाव भर उसले १ सम्म खान दिएन । किनकि १९ खानेहरुको विश्वास हुँदैन । उसले बारम्बार भन्थ्यो । तर खाना खानेबेलामा खट्नु पर्छ मज्जाले खा, तर मसँग छउन्जेल अरु खान पाउदैनस । हामी खट्यौँ । तर, परिणाम उलले छोडेर गए जस्तै भयो । उ पनि छैन । परिणाम पनि हाम्रो पक्षमा परेन । तर, ताजुब लाग्छ, उसले चुवाव भर खटेको देखेर । खाएन, पानी पिएरै खट्यो । अनि खटायो र प्रचारप्रसारमा पनि मेरो योजनामा उसले हुन्न कहिल्यै भनेन ।


प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भए पछि उसले झापा २ ९क०मा प्रदेश सदस्यको टिकट पायो र राती अबेर फोन ग¥योे र भन्यो –अब कति खट्छस ? मैले भने तेरो टिकटलाई कति खट्दा जितिन्छ । उसले भन्यो प्रचारप्रसारको सञ्चार संयोजक तँ बस ल १ मैले हुन्छ भने बसे । पत्रकारितामा नसुहाँउने गरी उसलाई मैले सहयोग गरे । उसले हा¥यो । मलाई अलिकति पनि दुखेन । किनकि, कुनै दिन उसले मलाई भनेको थियो । खेप गयो समय गएको छैन भनेर । अहिले समय पनि छैन । खेप उसका लागि अब कहिल्यै आउँदैन । किनकि उ नै रहेन ।


अब समय र खेपको कुनै अर्थ नै छैन ,उसको मेरो सम्बन्धका लागि । चुनाव सकिए पछि उ उपचारका लागि गयो । एक दिन फर्केर आए पछि मलाई हेर्न आउँदैनस भनेर फोन ग¥यो । भोलि म जान्छु अहिले नै आइज ल १ म कारणवश त्यो साँझ उसलाई भेट्न गइन । उ भोलिपल्ट उपचारका लागि हिड्यो । अहिले उ उसकै यात्रामा छ । न मैले भेटें । न उसले मलाई सुनाउन चाहेको कुरा भन्न नै भ्यायो । यति भनेको थियो–तँ जस्तै खाएको भए म विरामी हुन्न थेँ होला १ मलाई सही मार्गमा हिँडाउने लक्ष्मणको एउटा वाकाशं हो, योे । उ छैन । मैले उसलाई सम्झेर यति भने उसँग विष थिथो । उ नपिएर त्यसले नै मर्यो । मेरै भाषामा मैले लक्ष्मणलाई भने म १९ नखाएरै अब तँलाई सम्झन्छु ।

काँग्रेस झापाका सचिव लक्ष्मण खड्काको निधन पछि झापाका पत्राकार राजेन्द्र गौतमले आफ्नो फेसबुक वालमा राखेको बिचार ।

थप सामाग्री