पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिलाहरुका लागि उद्घोषण र भाषण कला तालिम सकियो

image

बुद्धशान्ति, चैत ३० ।।
महिलाहरुका लागि उद्घोषण र भाषक कला सम्बन्धी ५ दिवशिय तालिम बुद्धशान्ति वडा नं. ५ को आयाबारीमा बुधबार सम्पन्न भएको छ ।
वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तरगत साबिक शान्तिगर गाबिस वडा नंं ३ मा पर्ने आयाबारी गाउँका महिलाहरुको क्षमता बिकास गराउन उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष बासुदेब खतिवडाले बताउनु भयो ।
३५ जना स्थानीय महिलाहरु सहभागि तालिममा प्रेस क्लब मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो ।

बुद्धशान्ति–५, स्थीत जनज्योति आधारभुत बिद्यालयमा सञ्चालन भएको तालिमको समापनमा वडा अध्यक्ष खतिवडाले तालिममा सिकेको ज्ञानलाई स्थानीय स्तरका संस्थाहरुको कार्यक्रममा प्रयोग गर्न पनि महिलाहरुलाई आग्रह गर्नु भएको थियो । समापनमा महिला वडा सदस्य रिता चौधरीले तालिमले महिलाहरुलाई अगाडी आएर बोल्न सक्ने बनाएको बताउनु भयो । तालिममा सहभागि समेत रहनु भएकी वडा सदस्य चौधरीले आफुले चुनाव जिते पनि अहिलेसम्म खुलेर बोल्न नसक्ने अवस्थामा यो तालिम पछि बोल्ने कुराको बारेमा धेरै जानकारी पाएको र धेरै मानिसको अगाडी उभिएर बोल्न सक्ने भएको अनुभव सुनाउनु भयो ।
तालिमका सहभागिहरु कल्पना पोख्रेल, मनिसा मिश्र, दिक्षा कार्की, हेमन्ता खतिवडा, गिता आचार्य लगायतले तालिमले शिलशिलाबद्ध भाषण गर्न र ब्यवस्थीत उद्घोषण गर्न सिकाएको भए पनि ५ दिनको अवधी छोटो भएको समेत बताउनु भएको थियो ।

 

थप सामाग्री