पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालोपत्रे बन्यो दिब्यधाम मार्ग

image

धुलावारी ।
धुलावारीको निन्दा नदि किनारमा रहेको दिब्यधाम मार्गमा नगरपालिका र दाताको सहयोगमा कालोपत्रे भएको छ ।
रामघाट दिब्यधामको प्रवेशद्वारदेखि इलाका प्रहरी कार्यालय धुलावारी जोड्ने सो सडकको कालोपत्रे गर्न ९ लाख २९ हजार ८७ रुपैयाँ २८ पैसा खर्च भएको छ ।
५ मिटर चौडाई र १७३ मिटर लम्बाई रहेको सो सडकको कालोपत्रे निर्माणको सम्पूर्ण हिसाबकिताब रामघाट दिब्यधाम समितिले सार्वजनिक गरेको छ ।
सार्वजनिक परीक्षणमार्फत सार्वजनिक गरिएको हिसाब स्थानीय पत्रपत्रिका मार्फत पनि प्रकाशित गरिएको छ ।


गत फागुन ३० गते मेचीनगर नगरपालिकासँग सम्झौता भई काम थालिएकोमा आधा महिनाभित्रै चैत्र १२ गते कालोपत्रे कार्य सम्पन्न भएको रामघाट दिब्यधाम समिति तथा सडक उपभोक्ता समितिका अध्यक्ष ललित कुमार बोहोराले बताउनु भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष समेत रहेका बोहोराका अनुसार सडक कालोपत्रे गर्न मेचीनगर नगरपालिका र वडा कार्यालयले ३ लाख २० हजार रुपैयाँ अनुदान दिएको छ भने विर्तामोडका समाजसेवी दाता केदार गिरीले ४ लाख ६१ हजार ४ सय २१ रुपैयाँ २८ पैसा सहयोग गरेका छन् ।
सडक निर्माणका लागि उपभोक्ताहरुको तर्फबाट रामघाट दिब्यधामले १ लाख ४७ हजार ६ सय ६६ रुपैयाँ सहयोग पुर्याएको छ ।
 

 

थप सामाग्री