पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंगशाला 

image

पोखरा ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताउनुभयो ।  

पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राख्नुभयो ।  
 

थप सामाग्री