पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेचीनगर घोषणापत्र जारी गर्दै जातीय तथा रङ्गभेद उन्मूलन दिवस मनाइयो 

image

काकडभिट्टा । 
जातीय तथा रङ्गभेद उन्मूलन मेचीनगर घोषणा पत्र जारी  घोषणा पत्र जारी गर्दै ५३ औँ अन्तराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस आज झापाको काकडभिट्टामा सम्पन्न भएको छ ।

५ बुँदे घोषणापत्र जारी गर्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले दीर्घकालीन रणनीतिसहित जातीय विभेद अन्त्य भएको पहिलो नगर बनाइने घोषणा गर्नुभयो ।

प्रमुख आचार्यले नेपालको संविधानले जातीय भेदभाव उन्मूलन सम्बन्धि नीतिको कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ । उँहाले जीवन्त दलित संग्राहलयको पूर्वाधार तयार गरी स्थापना गर्न पहल गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी दलित नेता एवम पूर्व मन्त्री जितु गौतमले मेचीनगर नगरपालिकाको जातीय तथा रङ्गभेद मुक्त नगर घोषणा गर्ने निर्णय स्वागत योग्य रहेको बताउनुभयो । कार्यक्रममा दलित अभियान्ता डा.निर्मल विश्वकर्माले जातीय तथा रङ्गभेद सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले ५ बर्ष भित्र मेचीनगरलाई छु्वाछुत मुक्त नगरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथी गौतम, नगर प्रमुख आचार्य, उपप्रमुख लगायतले जातीय तथा रङ्गभेद उन्मूलन मेचीनगर घोषणा पत्र सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मेचीनगर अध्यक्ष इन्द्र बहादुर बुढाथोकी, दलित नेताहरु लगायतको सहभागिता थियो । काकडभिट्टा स्थित भन्सार गेट अगाडी सम्पन्न कार्यक्रम अगाडी जातीय छुवाछुत अन्त्य गरौँ, भूमी हिन दलितलाई जमिन उपलब्ध गराऔँ लगायतका प्लेकार्ड सहितको ¥यालीले काकडभिट्टा बजार परिक्रमा गरेको थियो ।

कार्यक्रम मुल आयोजक समिति संयोजक टिका मग्रान्तीको सभापतित्वमा सम्पन्न कार्यक्रम नगर कार्यपालिका सदस्य कृष्ण कनालको स्वागत एवम ध्रुव कनालको सञ्चालनमा सम्पन्न भएको थियो ।