पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सामुदयिक वनको डढेलो नियन्त्रण अभियान

image

सुरुगां ।। कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको आयोजनामा सप्ताहव्यापी वन डढेलो नियन्त्रण तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “ हाम्रो मान हाम्रो सान डढेलो मुक्त कनकाई सामुदायिक वन” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा अन्य विभिन्न किसिमका नारा लागाउँदै २६७।०६ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रको परिक्रमा गरीएको थियो ।

डढेलो वनको सत्रु हो नियन्त्रण गरौं, मनको डढेलो नियन्त्रण गर्न सके वनको डढेलो नियन्त्रण हुन्छ, अग्नीजन्य पदार्थ लिएर वनमा प्रवेश नगरौं,एक पटकको वन डढेलोले लाखौं जीवन खरानी पार्छ चुरोटको धुँवाले मानिसको फोक्सो गलाउँछ, त्यही ठूटाले संसार जलाउँछ जस्ता नारा लगाउँदै कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीको नेतृत्वमा अन्य पदाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरुका साथ स्थानिय क्रियाशिल विभिन्न २१ वटा संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय सुरुङ्गा, जनप्रतिनिधीहरु, स्थानिय सामुदायिक वनका प्रमुख तथा पदाधिकारीहरु, इलाका र सेक्टर वनका प्रमुख तथा प्रतिनिधीहरु र जिल्ला वन कार्यालयका प्रमुख वोधराज सुवेदी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले आ आफ्नो संस्थाको व्यानर र नारासहितको प्लेकार्ड वोकेर वन क्षेत्रको परिक्रमा गरेका थिए । नारा सहितको र्यालीमा स्थानिय उपभोक्ताहरुलाई सचेत गराउँने उद्येश्यले माइकद्वारा डढेलो नियन्त्रणका सूचनाहरु प्रवाह गरीएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला वन कार्यालयका प्रमुख सुवेदीले कनकाई सामुदायिक वनले डढेलो नियन्त्रणका साथै वन क्षेत्रको संरक्षण, संवद्र्धन, विकास तथा उपयोगमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

साथै वन संरक्षणका लागि निस्वार्थ भएर लागि पर्न र यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउँन सम्पूर्ण उपभोक्ताहरुलाई अनुरोध गरेका थिए । त्यसैगरी कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले कनकाई नगरलाई समृद्ध नगर निर्माणका लागि सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ख्याम ओली लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई खुलेर धन्यवाद दिएका थिए । कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीको सभापतित्व एवम् कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम कनकाई सामुदायिक वन परिसरमा एक विशेष कार्यक्रमका विच सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक वन समूहका कोषाध्यक्ष प्रकाश थापाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संघसंस्थाका तर्फवाट सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराई, महिला तथा सल्लाहकारहरुको प्रतिनिधित्व गर्दै कविता वस्नेत,जिल्ला वन कार्यालयका प्रमुख वोधराज सुवेदी लगायतले शुभकामना मन्तव्य राखेकोे कार्यक्रममा वन समूहका उपाध्यक्ष ललित कार्कीले स्वागत तथा समूहकी सचिव मान्ता काफ्ले खरेलले संचालन गर्नु भएको थियो ।

थप सामाग्री