पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिने सरकारको निर्णय 

image

काठमाडौँ । 
वैदेशिक रोजगारमा जाने युवाको आवश्यक्तालाई ध्यानमा राख्दै श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण बिष्टले सबभन्दा धेरै कामदार विदेशिने स्थानबाट श्रमस्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्ने जानकारी दिनुभयो ।

इटहरी, दुई नम्वर प्रदेशको जनकपुर र पश्चिमको बुटवलवाट श्रमस्वीकृति दिने निर्णय भएको हो । सरकारले गरेको निर्णयलाई तुरुन्त कार्यान्वयनमा लैजाने गृहकार्य सुरु भएको मन्त्री बिष्टको भनाइ छ ।

मन्त्री विष्टले वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सवै खाले ‘सिन्डीकेट’ लाई हटाउने पनि प्रतिबद्धता जनाउनुभयो ।