पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यमनविरुद्ध खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा 

image

फाइल फोटो

काठमाडौँ । 
अर्को साता यमनविरुद्ध हुने खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले एएफसी एसियन कपको छनोट चरणअन्तर्गत चैत १४ गते समूहको अन्तिम खेलमा यमनको सामना गर्दैछ ।

कतारको राजधानी दोहामा हुने खेलका लागि विराज महर्जनको कप्तानीमा टोलीको घोषणा गरिएको हो । टोलीमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रन्जित धिमाल र देवेन्द्र तामाङ रहनु भएको छ ।

मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, सुमन लामा र सुजल श्रेष्ठ छानिनु भएको छ । विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र अन्जन विष्ट पनि टिममा अट्नु भएको छ । 
 

थप सामाग्री