पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अब झापामा नै आँखा दान

image

आँखा दान गर्दा निकालिने बाहिरी भागको बारेमा बताउँदै डा जोशी सहित अस्पतालका अध्यक्ष मित्तल ।

बिर्तामोड, चैत ६ ।।
झापाको बिर्तामोड स्थीत मेची आँखा अस्पतालमा नै आँखा दान गर्न सकिने भएको छ । मानिसले दान गरेको आँखा उक्त मानिसको मृत्यु भैसके पछि अस्पतालको प्राविधिक टोलीले आँखाको बाहिरी पारदर्शी भाग निकालेर लैजाने ब्यवस्था गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा पुरुषोत्तम जोशीले बताउनु भयो ।
आँखा दान सेवाका बारेमा जानकारी दिने उद्धेश्यले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा जोशीले मानिसको मृत्यु भएको ६ घण्टा भित्र आँखाको बाहिरी पारदर्शी भागलाई निकालेर आँखा बैंक पु¥याउन सके उक्त आँखाले अर्को मानिसले ज्योति पाउने बताउनु भयो ।


तत्कालका लागि मेची आँखा अस्पतालले आँखा दानको प्रक्रिया पुरा गर्ने र मृत्यु भएका मानिसबाट झिकिएको आँखाको बाहिरी पारदर्शी भागलाई काठमाण्डौ स्थीत तिलगंगा आँखा अस्पतालमा रहेको आँखा बैंकमा राखिने ब्यवस्था मिलाईएको डा जोशीले पत्रकार सम्मेलनमा बताउनु भयो ।


डा जोशीका अनुसार तिलगंगा आँखा अस्पतालको आँखा बैंकमा राखिएको आँखाको बाहिरि भागलाई आवश्यकता परेको बेला मेची आखाँ अस्पताल लगायत अन्य आँखा अस्पतालहरुले समेत प्रयोग गर्न पाउने छन ।
आँखा दान महत्वपूर्ण भए पनि यसका बारेमा आम नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको मेची आँखा अस्पतालका अध्यक्ष दिनेशकुमार मित्तलले बताउनु भयो ।

 

थप सामाग्री