पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी बर्खास्त गर्छु ःमन्त्री पण्डित

image

काठमाडौँ । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा सुविधा रोक्ने चेतावनी दिनुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकाले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारी कार्यक्षेत्र नगए तत्काल बर्खास्तदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

अहिलेसम्म ७२ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको भन्दै अन्य कर्मचारीको पनि रेकर्ड लिने काम जारी रहेको बताउनुभयो ।

यदि कोही कर्मचारी सरकारले खटाएको ठाउँमा जान नमाने उनीहरुलाई सधैंका लागि बिदा गरिने उहाँले बताउनुभयो ।

कर्मचारीले नेताको घरमा धाएर सोर्स फोर्स लगाउने काम गरे आफू कानमा रुवा हालेर बस्ने उहाँको भनाई छ ।