पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुर्वपश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सम्मन्न

काठमाण्डौ ।।
वन मन्त्रालयको आग्रह अनुसार विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जलाई नछुने गरी पुर्वपश्चिम रेगमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि सम्भाव्यता अध्ययन गर्दा निकुञ्ज हुँदै रेलमार्गको परिकल्पना गरिएको थियो । चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फ रेलमार्ग हुने गरी सम्भावयता अध्ययन गरिएको रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने छ । विश्व सम्पदा सूचीमा सुचिकृत निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । पूर्व पश्चिम रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुने वरिष्ठ इन्जिनियर उपाध्यायले जानकारी दिनुभयो ।