पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेट्रोल र डिजल आजदेखी सहज हुने

image

मेचीनगर, चैत ३ ।।
आयल निगमले सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्दै विरोधमा उत्रिएका ट्यांकर चालकहरुले आन्दोलन स्थगित गरेका छन । आन्दोलन स्थगन भएसँगै पूर्वी क्षेत्रमा अभाव हुँदै गएको पेट्रोल, डिजेल लगायतका पोट्रोलियम पदार्थ आजदेखी सहज हुने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफल ट्याङ्कर चालकहरु आन्दोलन स्थगित गर्न सहमत भएको मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका बरिष्ठ उपाध्यक्ष नविन कोईरालाले झापा टाईम्सलाई जानकारी दिनु भयो ।

आयल निगमका कर्मचारी, ट्यांकर चालकका प्रतिनिधी, पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारी सहितको छलफलमा ट्याङ्कर चालकहरुले निगमलाई बुझाएको १५ बुँदे मागका बारेमा छलफल भएको थियो । छलफलमा सात सदस्यीय तलब भक्ता समायोजन समिती गठन गरे पछि ट्याङ्कर चालकहरुले आन्दोलन फिर्ता लिएको पेट्रोलियम डिलर्सका बरिष्ठ उपाध्यक्ष कोईरालाले बताउनु भयो ।


मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिती गठन गरिएको हो । समितीले मजदुरका मागका सम्बन्धमा केन्द्रमा जानकारी गराई कार्यान्वयनका लागि पहल गर्ने सहमती भएको ट्याङ्कर इकाई कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताउनु भयो ।

तेल चोर्न पाएनन अनि बन्द गरे भन्ने बाहिर चलाईएको हल्ला प्रति आफुहरु दुखि भएको दुलालले बताउनु भयो । ‘हामीले विगतमा आयल निगमसँग गरेको सम्झौताको कार्यान्वयन हाम्रो मुख्य माग रहेको अध्यक्ष दुलालले बताउनु भयो । दुलालका अनुसार मजदुरको तलब भक्तामा वृद्धि हुने र सहमती कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता आएकाले आन्दोलन स्थगित गरिएको हो ।


आन्दोलन स्थगित भएसँगै सिलीगुढी डिपोबाट झापासहित पूर्वका चार जिल्लामा आजदेखी पेट्रोलियम पदार्थ ढुवानी हुने भएको छ । विगत दुईदिन देखी ट्याङ्कर मजदुर आन्दोलित हुदा पूर्वमा पेट्रोल र डिजेलको अभाव भएको थियो ।

 

थप सामाग्री