पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाउपाथिभरामा चैत ४ देखी गणेश पुराण 

चारआली ।

मेचीनगर १३ स्थित पाउ पाथिभरा उत्तरगङ्गा प्रवेशद्धार पर्यटन प्रवद्र्धन समितिले राम नवमी पर्वको सन्दर्भ पारेर श्री गणेश पुराण आयोजना गर्ने भएको छ । 

पुराण आयोजक मूल समितिले बुधबार पुराणस्थलमा पत्रकार सम्मेलन गरी  ‘राष्ट्र शान्ति, बिघ्न निवारण तथा कार्य सिद्धिको’ कामना सहित पुराण आयोजन गर्न लागिएको जनाएको हो ।

समितिका अध्यक्ष एवँ पुराण आयोजक मूल समितिका संयोजक हरिचरण बानियाँले आगामी चैत ४ देखि ११ गतेसम्म पाउ पाथिभरा धाममा पुराण आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

पण्डीत पारसमणि ढकालको प्रमुख व्यासत्व एवँ आचार्य पण्डीत हेमलाल सापकोटाको उपव्यासत्व रहने सो पुराणको उद्घाटन अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीजी महाराजले गर्नहुने छ । 

पुराणमा मनकामना सिद्ध गर्ने हेतु र मन्दिरको समुचित उत्थानमा सहयोग गर्न चाहने भक्तजनहरुका लागि विशेष योजना ल्याइएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा समितिका वरिष्ठ उपाध्यक्ष एवँ पुराण आयोजक मूल समितिका सह संयोजक तिलकप्रसाद गिरी, समितिका  सचिव यामनाथ बराल, प्रचार प्रसार उप समिति संयोजक अर्जुन थेवे, सह संयोजक विश्व थापालगायतले पुराण आयोजना गर्नुको औचित्य बारे प्रकाश पारेका थिए ।