पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

युएस बंगाल दुर्घटनाका मृतकको सम्झनामा धुलाबारीमा दीप प्रज्वलन

image

धुलाबारी । 
सोमबार त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा भएको युएस बंगाल विमान दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा आज धुलाबारी चौकमा दीप प्रज्वलन गरिएको छ ।

एमनेष्टी इन्टरनेशनल धुलाबारी युथ नेटवर्क र समुह २२ धुलाबारीको संयुक्त आयोजनाम मृतकको आत्माको चिरशान्तीको कामना गर्दै पृष्ठभुमीमा विमान दुर्घटनाको चित्र बनाएर १ मिनेट मौनधारण सहित कार्यक्रम सम्पन्न गरिएको छ ।

युथ नेटवर्कका संयोजक विशाल काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपालका पुनरावेदन समिति संयोजक केशव पोखरेल, समुह २२ का अध्यक्ष प्रभाव भण्डारी लगायतको उपस्थिती थियो ।

कार्यक्रम युथ नेटवर्कका निवर्तमान संयोजक इवन लुइटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।