पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूर्वमा पेट्रोलियम पदार्थ ढुवानी ठप्प ।। 

image

झापा।
पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरहरुले बुधबारदेखी पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन ।

पेट्रोलियम पदार्थ ढुवानी बन्द भएसँगै पूर्वमा पेट्रोल र डिजेल अभाव हुने देखिएको छ । नेपाल आयल निगमले गरेको सहमती बमोजिम कार्य नभएको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरहरुले आजबाट डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन ।

भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरहरु आन्दोलित हुँदा पम्पहरुमा पेट्रोल, डिजेल अभाव हुन थालेको छ ।

 ट्यांकर मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तरगतको ट्यांकर इकाई कार्यालय चारआलीले आजदेखि नेपाल आयल निगम अन्र्तगतका पम्पहरुमा सम्पूर्ण ढुवानी कार्य बन्द गरेको जनाएको छ ।

२०७३ साल माघ ५ गते भएको सहमति अनुसार १५ बुँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानि गरेको भन्दै ढुवानी सेवा बन्द गरिएको टेंकर इकाई कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताउनुभयो ।