पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित 

image

काठमाडौँ । 
राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित  हुनुभएको छ ।  

राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।  

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वा्चित हुनुभएको घोषणा गर्नुभयो ।

त्यसअघि उहाँका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्तावको समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गर्नुभएको थियो ।

राष्ट्रियसभाको अन्तरिम कार्य्विधि २०७४ को दफा ७ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत ४ गतेका लागि तोकिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक चैत २ गते अपराह्न ३ बजे बस्नेछ ।