पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त, बर्खास्त प्रधानन्यायाधिसबाट राष्ट्रपतिको सपथ

image

काठमाडौँ । 
प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुग्नुभएका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ । परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ । 
यसैबीच
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँले प्रधानन्यायाधीश गोपाल पराजुली बाट  सपथ लिनुभएको हो ।राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।  न्यायपरिषदले पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारेको छ ।