पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यसरी बन्छ अर्गानिक चिया (भिडियो सहित )

image

चिया प्याकेजिगं मेशिन देखाउँदै बाँस्कोटा ।

नेपालमा नै पहिलो अर्गानिक चिया उद्योग स्थापना गरेर मानविय स्वास्थ्य प्रति संवेदनशील बिषादी मुक्त अभियानको थालनी गरेको पाँचथर जिल्लाको कञ्चनजघां टि स्टेट एण्ड रिसर्च

 

सेन्टरले आफ्नो उत्पादनलाई अन्तराष्टियकरण गरिसकेको छ ।


अर्गानिक भएकै कारण बिश्व बजारमा उच्च माग रहेको कञ्चनजघाको ग्रिन टिले बिश्व सामु नेपालकै प्रतिनिधित्व गरिरहेको छ ।
पाँचथरमा उत्पादन भएको चियालाई काठमाण्डौमा संकलन गरी बिश्वबजारका लागि मात्र होईन स्थानीय बजारका लागि पनि प्याकेजिगं र मार्केटिगं गरेकाले पनि कञ्चनजघांका उत्पादनहरुले राम्रो बजार लिएको छ । 


कञ्चनजघां टि स्टेटका उत्पादनका लागि बजारीकरण गर्ने संस्था संग्रीला एग्रो वल्र्ड प्रालीका निर्देशक शान्ता बाँस्कोटाका अनुसार नेपालका जुनसुकै बस्तु भए पनि अग्र्यानिक उत्पादनले बिश्व बजारमा राम्रो मुल्य पाउने छ ।

कञ्चनजघां टि स्टेट एण्ड रिसर्च सेन्टर प्रालीले आगामि चैत १६ गतेदेखी १९ गतेसम्म काठमाण्डौको पाटन स्क्वायरमा अर्गानिक कृषि उत्पादन मेला समेतको आयोजना गरको बाँस्कोटाले बताउनु भयो ।

अर्गानिक चिया प्याकोजिगंका लागि काठमाण्डौमा ब्यवस्थित कार्यालय सञ्चालन गर्नु भएका निर्देशक शान्ता बाँस्कोटा घरेलु तथा साना उद्योगी महासंघ अन्तरगतको महिला समितिको सचिब समेत हुनु हुन्छ ।

महिला उद्यमी शान्ता बाँस्कोटाले काठमाण्डौमा सञ्चालन गर्नु भएको अग्र्यानिक चिया प्याकेजिगं केन्द्र तथा अर्गानिक कृषि मेलाका बारेमा गर्नु भएको भिडियो हेर्नुहोस ।


 

थप सामाग्री