पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पत्रकार महासंघ झापाका अध्यक्षलाई पितृशोक

image

विर्तामोड । 
नेपाल पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटालाई पितृशोक परेको छ । सापकोटाका ८१ बर्र्षीय पिता युनाथमणि सापकोटाको आज अपरान्ह १ बजे झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित नीजि निवासमै मृत्यु भएको हो । उँहा लिभर क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो । उँहाका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन ।

सापकोटाका ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा रहेका छन । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ ।

स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् । उँहाको मङ्गलबारै ४ बजे कनकाई माईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

थप सामाग्री