पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यूएस बंगलाको विमान दुर्घटना, ४८ जनाको मृत्यु भएको पुष्टि 

image

काठमाडौँ । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । विमान दुर्घटनामा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवे बाटबाहिर गएर दुर्घटना भएको हो ।  बिमानमा आगो लागेका कारण कति मानवियक्षति भयो भन्ने एकिन तथ्याङक आईसकेको छैन । बिमानमा रहेका ३१जनाको उद्दार गरिएको थियो  ।३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु छ ।  ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालकदलका ४ सदस्य सहित७१ जनायात्रारत थिए ।  

यसैबिच,प्रधानमन्त्री केपीशर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपुगेर विमान दुर्घटनाबारे जानकारी लिनुभएको छ । उहाँसँगै गृहमन्त्री रामबहादुर थापाबादल र रक्षामन्त्री ईश्वर पोखरेल पनिघटनास्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःखव्यक्तगर्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताउनुभयो । घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी पनिउहाँले दिनुभयो । 

यसैबिच, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थलप्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपबाट दक्षिणबाट अवतरण गर्न अनुमतिदिएको तर, पाइलटले उत्तरतिरबाट अवतरण गरेको बताउनुभयो । 
 

थप सामाग्री