पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा गोल्डकपको उपाधिका लागि झापा र आर्मी भिड्दै

image

विर्तामोड । 
बिर्तामोडको डोमालाल रंगशालामा जारी तेस्रो झापा गोल्डकपको  उपाधिका लागि आज  झापा ११ र त्रिभुवन आर्मी बिच प्रतिष्पर्धा हुदैछ । गोल्डकपको उपाधि आयोजक झापा र त्रिभुवन आर्मी क्लब दुबैले आफैले जित्ने दावी गरेका छन् ।

आइतवार पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् ।

उनले आर्मी सशक्त टीम भए पनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए । त्यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् ।

आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागी खेलाडी रहेका छन् ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

गोल्डकपको आज हुने फाइनल खेल हेर्नका लागि १० बजेदेखि नै टिकट खुल्ला गरिएको आयोजक समितिले जनाएको छ ।

मध्यान्ह १२ बजेबाट औपचारिक कार्यक्रम शुरु हुने र खेलमा पूर्वउपप्रधानमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला लगायतका नेताहरुको आगामन हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख नगद पुरस्कार पाउनेछन्।
 

थप सामाग्री