पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाका सरकारी कार्यालयका चालकहरु समस्यामा(भिडियो सहित)

image

पत्रकार सम्मेलनमा जानकारी दिदैं झापाका सरकारी कार्यालयका चालकहरु ।

बिर्तामोड, फागुन २६ ।।

झापाका सरकारी कार्यालयका हलुका सवारी चालकहरुले आफ्नो सेवा सुविधा बढाउन माग गरेका छन । बिहानदेखी रातिसम्म कार्यालयका प्रमुखहरुलाई गाडीमा राखेर हिंड्नु पर्ने तर सेवा सुविधा भने सबैभन्दा कम भएकोले काम गर्न समस्या भएको जिल्ला समन्वय समिति कार्यालयका चालक गणेश नेपालले बताउनु भयो ।


झापाका सबै सरकारी कार्यालयका हलुका सवारी चालकहरुले संयुक्त रुपमा शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आफ्ना समस्याहरु सुनाए ।
जोखिम अवस्थामा पनि काम गर्नु पर्ने भए पनि आफुहरुको जीवन बिमा समेत नभएको, काम गर्ने समय धेरै भएको र मासिक तलब न्यून भएको चालकहरुले गुनासो गरे ।


जनप्रतिनिधि आए पछि कामको समय बढेको तर सुविधा भने पुरानै अवस्थामा रहेकोले पनि काम गर्न अप्ठ्यारो भएको शिवसातासी नगरपालिकाका चालक बिर बहादुर बुढाथोकीले बताउनु भयो ।
सरकारी चालकहरुले आफुहरुको सेवा सुविधा बढाईदिन सरकारलाई आग्रह गरेका छन ।

हेर्नुहोस भिडियो

थप सामाग्री