पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मखमलीद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ महिला सम्मानित

image

धुलाबाराी । 
मखमली महिला विकास संस्था मेचीनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, रेडियो सरगमकी समाचार सहायक शारदा खवास, समाजसेवी शुकमाया लिम्बू, भजिन्द्र श्रेष्ठ र दुर्गा महत रहेका छन् ।

उनीहरुलाई धुलाबारीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सम्मान पत्र र खादाले सम्मान गर्नुभयो ।

महिलाहरुको नेतृत्व तथा क्षमता विकासमा जेसीजको माध्यमबाट योगदान पुर्याएवापत मेचीनगर लेडी जेसीजकी संस्थाक अध्यक्ष कविता शर्मा र सञ्चारको क्षेत्रबाट सामाजमा पुर्याएको योगदानको कदर स्वरुप रेडियो सरगमकी पत्रकार तथा नारी सञ्चार गृहकी सदस्य शारदा खवास, सामाजिक क्षेत्रमा अगुवाई गर्ने शुकमाया लिम्बू, भजिन्द्र श्रेष्ठ र दुर्गा महतलाई सम्मान गरिएको छ ।

संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी, वडा नम्बर १० की वडासदस्य धिरावती लिम्बू, मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, धुलाबारी महिला बचत समूहकी अध्यक्ष शोभा खवास, महिला नेतृहरु मैया उप्रेती, दुर्गा ढकाल, गंगा मास्के, शशी थापा, शान्ता श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डिएपी टंक भट्टराई शसस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसी दिनेश बस्नेत, ट्राफिक प्रहरी र विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी उपाध्यक्ष विना तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव दीपमाला लिम्बुले गर्नुभएको थियो । 
 

थप सामाग्री