पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माँ सरस्वतीको १९ औँ बार्षिकोत्सव सम्पन्न 

image

धुलाबारी । 
मेचीनगर–९ मागुरमाडीको माँ सरस्वती एजुकेसन फाउन्डेसनको १९ औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका बालबालिकालाई सर्वसुलभ रुपमा शिक्षा प्रदान गर्दै आएको सो स्कुलले विविध साँस्कृतिक कार्यव्रmम गरी बार्षिकोत्सव मनाएको हो ।

सोही अवसरमा विद्यालयको नवनिर्मित भवन पनि उद्घाटन गरिएको छ । मेचीनगरका मेयर बिमल आचार्यले विद्यालय भवन उद्घाटन गर्नुभएको हो ।

करिब ४५ लाख रुपैयाँ खर्च गरेर बनाइएको सो विद्यालय भवनमा दुई महिना अघिदेखि नै पढाइ हुँदै आएको थियो । स्थानीय दिपेन्द्र प्रधान, मणिराज श्रेष्ठ, महेन्द्र प्रधान र विशु प्रधान सञ्चालक रहेको सो विद्यालयका हरेक कक्षा कोठामा इन्टरनेट, सीसी टिभी जडान गरी प्रविधिमैत्री बनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज घोर्साइँको सभापतित्व तथा मेचीनगरका मेयर बिमल आचार्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यव्रmममा एन प्याब्सन प्रदेश नं. १ का अध्यक्ष जयबहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष सञ्जिव राई, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा माओवादी केन्द्र मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी, कानुन व्यवसायी लक्ष्मीप्रसाद अधिकारी, मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का, विद्यालयका संस्थापक इन्द्रकुमार प्रधान, भीमबहादुर श्रेष्ठ, सपना प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रिन्सिपल दिपेन्द्र प्रधानले शैक्षिक गतिविधि र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । उँहाले प्रविधियुक्त कक्षा सञ्चालन गरेर नानीहरुलाई सुहाउँदो शिक्षा दिइरहेको बताउनुभयो ।

शिक्षक निर्मला खनालले स्वागत गरेको कार्यव्रmमको सञ्चालन लक्ष्मी गजुरेलले गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीले ‘दाइजो’ नाटक मञ्चन गरेका थिए भने दर्जनौँ गीत तथा नृत्य प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
 

थप सामाग्री