पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ठूलो परिमाणका भारतीय कुखुरा बरामद 

image

काकडभिट्टा । 
इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय काँकरभिट्टाको सयुक्त टोलीले ठूलो परिमाणका भारतीय कुखुरा बरामद गरेको छ ।

प्रहरी डीएसपी टङ्क भट्टराई र सशस्त्रका डीएसपी दिनेश बस्नेतको नेतृत्वको टोलीले शुक्रवार विहान नियमित गस्तीको क्रममा भारतबाट अबैद रुपमा ल्याउँदै गरेको ७० हजार मुल्य बराबरको कुखुरा बरामद गरिएको हो ।

बरामद कुखुरामा ४० वटा मारिएको अवस्थामा थिए भने ७० वटा जिउँदा कुखुरा थिए ।

बरामद कुखुरा प्लान क्वारेनटाइनका प्रतिनिधिको रोहवरमा माटोमा पुरिएको थियो ।
 

थप सामाग्री