पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६ जना ट्राफिकले कोठामा थुनेर कुटे छोटा हात्ती चालक गुरुदेवलाई 

image

धुलाबारी । 
विहिवार साँझ मेचीनगरका एक छोटा हात्ती चालकलाई जिल्ला ट्रफिक प्रहरी कार्यलयका प्रहरीले निर्घात कुटपिट गरेका छन ।

झापा मेचीनगर नगरपालिका ८ स्थित प्रगती टोलका ४५ बर्षिय गुरुदेव ढुङ्गानालाई जिल्ला ट्राफिक कार्यलयका ६ जना ट्राफिकले अनुहारमा निलडाम बस्ने गरी कुटेका हुन ।

हिजो साँझ ५ बजे विर्तामोड स्थित ताप्लोजुङ ढुवानी सेवा अगाडी आफ्नो सवारीबाट सामान अनलोड गर्दैगर्दा बाटोमा गाडी राखेको भन्दै ट्राफिकले गाडीको साँचो लगेपछि विवाद हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यलयको एक कोठामा लगेर आफुलाई कुटिएको पीडित ढुङ्गानाले बताउनुभयो । कोठामा लगेर ६ जना ट्राफिकले आफुलाई कुटेको उँहाले बताउनुभएको छ ।

ढुङ्गानाको टाउको र अनुहारमा निलडाम सहितको चोट लागेको छ । “म त्यँहाबाट जबरजस्ति फुत्किएर बाँचे ।”—पीडित ढुङ्गानाले भन्नुभयो ।

कोठाबाट भागेर जिल्ला ट्राफिक प्रहरी कार्यलय अगाडी निस्केपछि अरु मान्छेले थाहा पाएको र आफुलाई त्यँहाबाट इलाका प्रहरी कार्यलय अनारमनी लगिएको ढुङ्गानाले बताउनुभयो ।

इलाका प्रहरी कार्यलयबाट उँहालाई बेलकी ८ बजे छोडिएको थियो । यसबारे जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई सँग बुझ्दा आफु हिजो कार्यलयमा नभएको र यस घटनाबारे सत्य तथ्य बुझ्ने बताउनुभएको छ ।