पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भेट्रान फुटबलको तयारी पुरा

image

पत्रकार सम्मेलनमा जनकारी दिदै अध्यक्ष गुरुङ

काकरभिट्टा, फागुन २४ ।।
झापाको काकरभिट्टामा आगामि २६ फागुन देखी शुरु हुने नेपाल ईण्डो भेट्रान फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको तयारीका बारेका जानकारी दिने उद्धेश्यले बुधबार गरिएको पत्रकार सम्मेलनमा यो प्रतियोगिता नेपाल मै सर्वाधिक राशीको भेट्रान फुटबल प्रतियोगिता भएको आयोजक काकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङले बताउनु भयो ।
प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख २५ हजार र ट्रफि प्राप्त गर्ने तथा उपबिजेताले ५१ हजार र ट्रफि प्राप्त गर्ने आयोजक संस्थाका महासचिब शेरबहादुर बस्नेतले बताउनु भयो ।


नेपाल र भारतका १५ वटा भेट्रान फुटबल क्लबको सहभागिता रहने प्रतियोगितामा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई २१ सय नगद सहित ट्रफि प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
काकरभिट्टा माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागि ३ वटा प्याराफिट निर्माण पुरा भएको छ । जसमा एक हजार दर्शकले बसेर खेल हेर्न सक्ने महासचिब बस्नेतले बताउनु भयो ।
प्रतियोगितामा प्रत्येक टिममा ३८ देखी ४० बर्ष उमेर समुह भित्रका ४ जना तथा अन्य खेलाडी ४० बर्ष माथीका खेलाडि हुने आयोजकले बताएको छ ।