पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नारी दिवसमा अनाथ आश्रमलाई नेत्रालयको सहयोग

image

अनाथ वालवालिकाहरुलाई खाद्य सामाग्री हस्तान्तरण गर्दै नेत्रालयका कर्मचारीहरु ।

काकरभिट्टा, फागुन २४ ।।
अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर बुधाबार काकरभिट्टा स्थीत मेची नेत्रालयले अनाथ वालवालिकाहरुलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
काकरभिट्टा पुरानो भन्सार स्थीत जागृत वाल उद्धार केन्द्र नेपालमा रहेका अनाथ वालवालिकाहरुलाई एक महिना सम्म पुग्ने खाद्य सामाग्री उपलब्ध गराईएको नेत्रालयका अप्रेशन मेनेजर नवराज प्रधानले जानकारी दिनु भयो । मेनेजर प्रधानका अनुसार १०० केजी चामल, २५ केजी दाल, १० लिटर खानेतेल, चीनी १० केजी, मटर ५ केजी, चना ५ केजी, आलु ३० केजी सहित चिया, लुगाधुने साबुन, नुहाउने साबुन, चिप्स, ब्रस, तुथपेष्ट लगायतका सामाग्री उपलब्ध गराईएको छ ।


अनाथ वालवालिकाहरुका लागि अध्ययनका लागि आवश्यक कपि, पेन्सील सहित केही फलफुल समेत प्रदान गरिएको थियो ।
बिगत १० बर्षदेखी आँखा उपचार सेवा सञ्चालन गरेको मेची नेत्रालयका कर्मचारीहरुले एक दिनको तलब बापतको रकम संकलन गरि अनाथ वालवालिकाहरुलाई सहयोग गरेको र आवश्यकता हेरी अन्य सामाजिक काममा समेत संस्थाले काम गर्ने नेत्रालयका प्रसाशन प्रमुख पुनम प्रधानले बताउनु भयो ।