पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इष्ट होराइजनको प्यारेन्ट्स डान्स कप्पिटिसन सम्पन्न

image

धुलाबारी । 
झापाको लोकप्रिय विद्यालय इष्ट होराइजन आवासीय विद्यालयले प्यारेन्ट्स डान्स कम्पिटिसन सम्पन्न गरेको छ । आज धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा सम्पन्न कम्पिटिसनमा महिला तर्फ पुनम भण्डारी र पुरुष तर्फ गोविन्द रिजाल प्रथम भएका छन ।

त्यसैगरी महिला तर्फ शान्ती सुब्बा र पुष्पिता बानिया क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप भएका थिए ।

पुरुष तर्फ भने कुलदिप ढकाल फष्ट रनरअप हुनुभयो । प्रतियोगितामा विजयी सम्पुर्णलाई नगद, ट्रफी तथा शेरावाली डेकोरेसन विर्तामोड, बाबा ओएल, कञ्चन टि, पशुपति विस्किट र बोनस चाउ चाउ पूर्वाञ्चल डिलरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिनुभयो ।

नेपालको पुर्व क्षेत्र मै पृथक किसिमको कार्यक्रम आफुहरुले गरेको विद्यालयका प्रधानध्यापक सञ्जिव राईले बताउनुभयो ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य विष्णुप्रसाद प्रसाईँ, मेची अञ्चल अस्पतालका अध्यक्ष राम कट्टेल,  नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणी उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, अग्रज पत्रकार चन्द्र भण्डारी, मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु, ९ का वडाध्यक्ष गोपाल खड्का लगायतको आतिथ्यता रहेको थियो ।

गोपाल बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रेखा क्षेत्री, विकास ग्वाल र आश्मा पौडेलले गर्नुभएको थियो ।