पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनएमसीको बार्षिक उत्सवमा अर्पण शर्मा र रेडियो सरगमलाई सम्मान

image

सम्मान ग्रहण गर्दै रेडियो सरगमका प्रबन्ध निर्देशक निरौला ।

गरामनी, फागुन २४ ।।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि(एनएमसी) झापाले २५ औं बार्षिक उत्सवको अवसरमा आगामि बर्षका लागि २५ वटै कार्यक्रमको घोषणा गरेको छ । झापाको गरामनीमा सम्पन्न संस्थाको २५ औँ बार्षिक उत्सव समारोहलाई एनएमसीले रजत बर्ष शुभारभ्भ घोषणा सभाका रुपमा समेत सम्पन्न गरेको छ ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री कार्कीले प्रदेशमा सामाजिक अपराध न्यूनिकरण गर्नका लागि सहकारी संस्थाहरुसंग प्रदेश सरकारले सहकार्य गर्ने बताउनु भयो । मन्त्री कार्कीले समाजमा भईरहेका विभिन्न अपराधलाई नियन्त्रण गर्न सरकारले मात्र सभ्भव नभएकाले त्यसका लागि सहकारी संस्थाका सदस्यहरुलाई सहयोगि बनाउने समेत बताउनु भयो ।
एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न बार्षिक उत्सव समारोहका बिश्व कै उत्कृष्ट स्मरण शक्ति भएका ब्यक्तिका रुपमा बिश्व किर्तिमान राख्न सफल झापाली युवा अर्पण शर्मा कट्टेललाई बर्ष उत्कृष्ट प्रतिभा सम्मान प्रदान गरिएको थियो । नगद २५ हजा र सम्मान पत्र सहित कट्टेललाई मन्त्री कार्कीले सम्मान गर्नु भएको थियो ।


त्यस्तै बर्ष उत्कृष्ट सञ्चार गृहका रुपमा रेडियो सरगम धुलाबारीलाई सम्मान गरिएको थियो । रेडियो सरगमलाई नगद ११ हजार र सम्मान पत्रले सम्मानित गरिएको थियो । रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलालाई मन्त्री कार्कीले उक्त सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

रेडियो सरगमलाई प्रदान गरिएको सम्मान पत्र ।

एनएमसीले आगामी एक बर्षलाई रजत बर्षको रुपमा मनाउने भएको छ ।  आगामी दिनमा संस्थाको सेवा बिस्तार गरि झापाका थप २५ स्थानबाट सेवा सञ्चालन गरिने संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै संस्थाको रजत बर्ष भरि दीर्घकालिन र महत्वका विभिन्न २५ प्रकारका नयाँ कार्यक्रम समेत सञ्चालन गर्ने बार्षिक उत्सवमा घोषणा गरिएको छ ।
रजत बर्षको लागि संस्थाले लोगो र नारा पनि आज सार्वजनिक गरेको छ । असल संस्कार र समृद्धीका लागि एनएमसी भन्ने नारालाई संस्थाले रजत बर्षको मुख्य नाराको रुपमा तयार गरेको छ ।


गरामनी स्थीत दुर्गा माबिमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट किसानका रुपमा उद्योगप्रसाद तिवारीलाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । उक्त अवसरमा संस्थाले कार्यदक्षता र कारोबारका आधारमा आफ्ना कार्यालयगत कर्मचारी र सदस्यहरुलाई समेत सम्मान गरको थियो ।


 कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती, राष्टिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
संस्थाका सञ्चालक सदस्य डम्बर बस्नेतले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम एनएमसीका सञ्चालक सदस्य ठाकुर प्रसाद शिवाकोटी र भगवती घिमिरेको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।