पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माया पकुवाललाई ११ हजार सहयोग

image

सहयोग रकम हस्तान्तरण गर्दै देवा देय दबुका अध्यक्ष दिनेश शाक्य ।।

मेचीनगर, पुस २९ ।।
दुवै मृगौला ड्यामेज रहेकी पत्रकार माया पकुवालको उपचारका लागि नेवाः दय् दवु जिल्ला समितिले ११ हजार रुपैयाँ प्रदान गरेको छ ।

शनिवार धुलाबारीमा समितिले आयोजना गरेको पुरोहित तालिमको समापनको अवसरमा समितिका अध्यक्ष दिनेश शाक्यले नारी सञ्चार गृहकी सचिव अम्बिका भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

हाल भद्रपुरबाट प्रकाशित हुने बरण साप्ताहिककी सम्पादक पकुवालको डाइलोसिस भइरहेको छ । उनको यही माघमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपणको तयारी भइरहेको मायाका श्रीमान सञ्जय श्रेष्ठले बताउनु भयो । मायालाई श्रीमान सञ्जयका दाजु सौरभ श्रेष्ठले एउटा मृगौला दिने हुनु भएको छ ।

हप्तामा दुई पटकसम्म डाइलोसिस सेवा लिइरहेकी पकुवाल शनिवार मात्र भद्रपुरस्थित निजी निवास फर्किनु भएको छ । केन्द्रमा विरामीको चापका कारण डाइलोसिस सेवामा समस्या भएकाले मेची अञ्चल अस्पताल भद्रपुरमै सो सेवा लिनका लागि वहा झापा आउनु भएको हो । यही मागको दोस्रो हप्ताभित्रमा पुनः प्रत्यारोपणका लागि काठमाडौं फर्किने पत्रकार मायाले बताउनु भयो ।
नारी सञ्चार गृहमार्फत पत्रकार पकुवाललाई विभिन्न संघ संस्था तथा मनकारी व्यक्तिहरुले सहयोग प्रदान गरिरहेका छन ।

 

थप सामाग्री