पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेवा पुरोहित तालिम सम्पन्न

image

मेचीनगर, पुस २९ ।।

नेवाः देय् दवु जिल्ला समिति झापाले आयोजना गरेको सात दिने पुरोहित तालिम शनिवार सम्पन्न भएको छ ।

भाषा, संस्कृति र संस्कारको संरक्षण गर्ने उद्देश्यले धुलाबारीमा आयोजना गरेको तालिम समापनको अवसरमा निर्वाचित नेवा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना समेत दिइएको थियो ।

झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद विर्ख प्रधान प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि क्षेत्र नम्बर १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, उपप्रमुख चन्दा श्रेष्ठ, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, नेवाः देय् दवुका राष्ट्रिय उपाध्यक्ष कृष्ण उदास, नेवा देय् दवुका राष्ट्रिय परिषद सदस्य भरतकुमार श्रेष्ठ, नेवा देय् दवुका मेचीनगर अध्यक्ष जीवन श्रेष्ठ, मेची जोशी समाजका अध्यक्ष सनतकुमार श्रेष्ठ, बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिलिप श्रेष्ठ, गौरादह नगरपालिका वडा नम्बर १ की सदस्य देवीमाया श्रेष्ठ र प्रशिक्षार्थीका तर्फबाट प्रेमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष दिनेश शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर १ का ९ वटा जिल्लाका ३९ जना सहभागी रहेका थिए ।

तलेजु भवानी मन्दिर भक्तपुरका सहपुरोहित मृगेन्द्रराज उपाध्यायले तालिमको सहजीकरण गर्नु भएको थियो ।

उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचिव तिलरुपा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

थप सामाग्री