पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फुटबल संघमा मामा

image

नवनिर्वाचित अध्यक्ष आले ।

धुलावारी, पुस २९ ।।
झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले मामा निर्विरोध निर्वाचित हुनु भएको छ ।

शनिवार धुलावारी स्थित मेची उद्योग वाणिज्य संघको सभा हलमा सम्पन अधिवेशनबाट आले सहित सबै पदमा निर्विरोध चयन गरिएको हो निर्वाचन समितिका संयोजक अजय घिमिरेले बताउनु भयो ।  

संघको उपाध्यक्षहरुमा मनिष दाहाल, सञ्जय राई र भीमराज केसी चयन भएका छन् । सदस्यहरुमा पंकजविक्रम नेम्बाङ, जलकुमार गुरुङ, अमिरकुमार श्रेष्ठ, टिकाराम प्रसाई, पूर्णमाया सुब्बा, कर्ण थापामगर, केदार चौधरी, बुद्धराज लिम्बू र प्रदिप राई चयन भएको निर्वाचन समितिका सदस्य टहलदास मैनालीले बताउनु भयो ।

यसैगरी, निर्वाचित समितिको पहिलो बोर्ड बैठकले महासचिवमा शेरबहादुर बस्नेत, कोषाध्यक्षमा नरेन्द्रमणी लिम्बू, सचिवमा धनकमाुर गुरुङ तथा आमन्त्रित सदस्यमा बसन्त श्रेष्ठ र किशोरकुमार श्रेष्ठलाई मनोनित गरिएको छ ।
संघका जिल्ला अध्यक्ष जलकुमार गुरुङको सभापतित्व तथा समाजसेवी होम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले फुटबलमा लगानी नगरेका कारण खेलाडीहरु पलायन हुनु परेको बताएका थिए ।

राज्यको उदासिनताका कारण खेलाडीहरु पलायन हुँदै गएको बताउँदै अब राज्यको मुख ताक्नु भन्दा झापा आफै खेलाडीलाई स्थायी रुपमा राख्न अभियान सञ्चालन गर्ने बताए । सोही अवसरमा प्रमुख अतिथि पाण्डे र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले १÷१ जना खेलाडीलाई वार्षिक रुपमा अनुमोदन गर्नका लागि सहयोगको घोषणा गरे ।

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, संघका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य बसन्तराज अर्याल, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल लगायतले बोलेका थिए ।

वरिष्ठ उपाध्यक्ष भगिरथ आलेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव केशव दाहालले गरेका गर्नु भएको थियो ।

 

 

थप सामाग्री