पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्ति वन वाटिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुटे

image

धुलाबारी । 
मेचीनगर नगपालिका ८ स्थित शान्ति टोलमा रहेको शान्ति वन वाटिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय लागि परेका छन । झापाकै एक उदाहरणीय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्य लिएर स्थानीय बासी “२९ दिन आफ्नो लागि १ दिन सामाजिक कार्यका लागि” भन्ने नाराका साथ लागि परेका छन ।

शान्ति बन वाटिकालाई रमणिय क्षेत्र बनाउन वाटिका परिषर भित्र झोलुङ्गे पुल निर्माण गरिने भएको छ । सो झोलुङ्गे पुल निर्माणका लागि स्थानीय विष्णु भट्टराईको अध्यक्षतामा १३ सदस्यीय पहल समिति समेत निर्माण गरिएको हो । जसको उपाध्यक्षमा प्रेमराज गिरी, सचिवमा गिरिराज धमला, सहसचिव विष्णु कुमार श्रेष्ठ र कोषाध्यक्षमा देविका माया गिरी रहेका छन ।

आज शान्ति वाटिका परिषरमा एक कार्यक्रमको आयोजना गरी सो समिति निर्माण गर्नुका साथै वाटिका क्षेत्रलाई सरसफाइ समेत गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्य तथा उपप्रमुख मिना उप्रेतिको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मेचीनगर नगर कार्यपालिका सदस्य कृष्ण कनाल, मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक लगायतको आतिथ्यता रहेको थियो ।

वाटिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय अगाडी बढेको अवस्थामा नगरपालिकाको पनि सहयोग अवश्य रहने प्रमुख अतिथि तथा नगरप्रमुख आचार्यले बताउनुभएको छ ।

सो झोलुङ्गे पुल निर्माण गर्न करिब ५० लाख रुपैयाँ आवश्यक पर्ने पुल निर्माण पहल समितिका अध्यक्ष विष्णु भट्टराईले बताउनुभयो । अध्यक्ष भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन केदार गिरीले गर्नुभएको थियो ।  
 

थप सामाग्री