पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिएको हो । प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । त्यस्तै, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो । न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।