पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपभोक्ता महिला सहकारीको अध्यक्षमा पुनः संगीता

image

अध्यक्ष संगिता थापा

मेचीनगर, पुस २८ ।।
झापा मेचीनगर वडा नं. ९ स्थीत उपभोक्ता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः संगिता थापा चयन हुनु भएको छ । बिहिबार सम्पन्न सहकारी संस्थाको तेस्रो साधारण सभाबाट आगामी तीन बर्षे कार्यकालका लागि बर्तमान अध्यक्ष थापालाई नै सर्बसम्मत अध्यक्ष चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा प्रतिक्षा पराजुली, सचिबमा चन्द्रकला भुजेल, सहसचिबमा मञ्जु दाहाल र कोषाध्यक्षमा मन्दीरा पौड्ेल चयन हुनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा अनिता दाहाल, पिङ्गला भट्टराई, मुना थपलिया, कल्पना मगर, चन्द्रा चिमरिया, मनिका उप्रेती, सिता राई, दुर्गा बस्नेत, गोमा भण्डारी र शर्मिला पौडेल चयन हुनु भएको अध्यक्ष  थापाले जानकारी दिनु भयो । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा खड्गकुमारी तिम्सीना चयन हुनु भएको छ ।
सहकारी संस्थाले साधारण सभाको उद्घाटन सत्रमा आफ्ना सदस्य मध्ये बिपन्न परिवारलाई जाडो छल्नका लागि ब्लाङकेट बितरण गरेको छ । संस्थाले आफ्ना ५ जना बिपन्न सदस्यलाई ब्लाङकेट बितरण गरेको संस्थाकी अध्यक्ष संगिता थापाले जानकारी दिनु भयो । संस्थाले गंगामाया उप्रेती, योगमाया अकौलिया, फुलमाया मगर, अम्बिका बिष्ट र शान्ति धिमाललाई ब्लाङकेट बितरण गरेको हो । संस्थाले लोपोउन्मुख समुदायकी ९० बर्षिय बृद्धा लाईसरी मेचेलाई समेत उक्त अवसरमा सम्मान गरेको थियो ।

मागुरमाडी सामुदायिक बन उपभोक्ता समुह बिट नंं. १ को कार्यालय परिषरमा सम्पन्न साधारण सभामा अध्यक्ष संगिता थापाले संस्थोको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्षको प्रतिवेदन अनुसार सहकारीले २ लाख ८९ हजार ८ सय ७१ कुल आम्दानी भएको छ । ४५२ जना शेयर सदस्य रहेको संस्थामा ९ लाख ९९ हजार २३२ बचत संकलन भएको छ भने १५ लाख ५१ हजार ४७ रुपैया ऋण लगानी गरेको अध्यक्ष थापाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीका निर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

संस्थाले आफ्नो कारोबारमा उत्कृष्ठ ठहरिएका सदस्यहरुलाई सम्मान समेत गरेको थियो । जसमध्ये उत्कृष्ठ बचत कर्ताका रुपमा तोपमाया बस्नेतलाई सम्मान गरिएको थियो । उत्कृष्ठ ऋणी तर्फ भने संस्थाका ५ वटा क्षेत्रबाट एक एक जना गरी जम्मा ५ जनालाई सम्मान गरेको थियो । उत्कृष्ठ ऋणी तर्फ सम्मानित हुनेमा पुर्णीमाया राई, बौकी दनुवार, चन्द्रकला राई, पदमकुमारी काफ्ले र अमृतकुमारी पाण्डे रहनु भएको छ ।
अध्यक्ष थापाको सभापतित्व र जिल्ला सहकारी संघका सदस्य दुर्गा खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न सहकारीको साधारण सभामा रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, मागुरमाडी सामुदायिक बन समुहका अध्यक्ष बम बहादुर बेघा, थोप्लेबिरान महिला सहकारी संस्थाका अध्यक्ष मञ्जु कट्टेल, सामुदायिक वन उपभोक्ता महासंघ झापाका महासचिब पुष्पा भण्डारी र कञ्जन तामाङले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष कृष्णकुमारी पोखरेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम संस्थाका सहसचिब प्रतिक्षा पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

थप सामाग्री