पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इलाम सदरमुकाममा खानेपानीको अभाव

image

इलामको सदरमुकाममा खानेपानीको अभाव भएको छ । मुहानबाट  ल्यईएको खानेपानीको पाइपमा क्षति पुगेपछि इलाममा एक साता देखि खानेपानीको अभाव भएको हो । इलामको सदरमुकाम भन्दा ३१ किलोमिटर टाढाको सन्दकपुर गाउँपालिका माइमझुवाको गिताङ खोलाकोम मुहान बाट पानी ल्याउने गरिएको थियो । खानेपानीे आपूर्तिमा समस्या भएपछि अहिले सन्दकपुर गाउँपालिककै ठाडे खोल्साबाट पानी ल्यइएपनि त्यसले सदरमुकामको मागलाई थाम्न सकेको छैन । सन्दकपुर गाउँपालिकाको देउराली हुँदै जीतपाले गोरुवाले सन्दकपुर जोड्ने मोटरबाटो निर्माणको क्रममा इलामबजारमा आएको खानेपानी लाईन क्षति भए पछि खानेपानी आपुर्ती बन्द भएको हो ।