पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकार बाट बाहिरीए माओवादी केन्द्रका मन्त्रीहरु (राजीनामा पत्रसहित)

image

सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सामूहिक राजिनामा गर्दै सरकारबाट बाहिरिएका छन । माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले आज आफ्नो राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएका हुन । माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको छ । यसअघि मन्त्रिहरुले आफ्नो राजीनामा पत्र पार्टी कार्यालयमा बुझाउनुभएको थियो । पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरवार पुग्नुभएको थियो । सरकारमै रहेर विपक्षी एमालेसँग चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाइदिनुभएको थियो ।